सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प

Posted on: 19 Oct, 2021

कात्तिक २, काठमाडौँ | सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए । त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो । 

विनाशकारी गोरखा भूकम्पपछि सिन्धुपाल्चोकमा नै ठूलो पराकम्प गएको थियो । जसका कारण त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । पछिल्ला भूकम्पका क्षतिको विवरण प्राप्त भएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!