यातायात व्यवस्था विभागले खुलायो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

Posted on: 26 Oct, 2021

कात्तिक ९, काठमाडौं | यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । 

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!