पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प

Posted on: 29 Nov, 2021

मङ्सिर १३, लिमा | एजेन्सी | पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । त्यस्तै, भूकम्पमा कम्तिम १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् ।

भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ । 

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!