समाज | काठमाडौँ - KTM


जनताले शेखर कोइरालालाई कांग्रेसको सभापति भएको हेर्न चाहेका छन् : चन्द्र भण्डारी

Posted on December 01, 2023 | views : 440 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसजनले कोइरालालाई सभापति भएको हेर्न चाहेको जिकिर गरे । उनले भने, ‘उहाँ (शेखर) वर्तमान र भविष्य हेर

Read More

बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो, तेस्रो न्यायाधीशकोमा पेश हुने

Posted on December 01, 2023 | views : 484 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाक

Read More

विद्युतको तार तान्ने क्रममा लडेर कामदारको मृत्यु

Posted on December 01, 2023 | views : 445 | काठमाडौँ - KTM

असोज ८, बर्दिया | बर्दियाको राजापुर नगरपालिका-८ स्थित कोइली गाउँमा विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृत्यु भएको छ। ठेकेदारमार्फत काम गरिरहेका कञ्चनपुर निवासी १९ वर्षीय अभिषेक रानाको पोलबाट लडेर मृत्यु भएको हो। एक निजी विद्यालयको बस गुड्ने क्रममा भुईँमा लत्रिएको तार इन्जिनमा फसेर तानिए

Read More

१ महिनामा १ लाख ८ हजार बढी विदेशी पर्यटकले गरे नेपाल भ्रमण

Posted on December 01, 2023 | views : 340 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | नेपालमा पछिल्लो अंग्रेजी महिना (नोभेम्बर)मा १ लाख ८ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाली पात्रोअनुसार यो कात्तिक बीचदेखि मंसिर महिनाको मध्य सम्मको अवधि हो।  पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका हुन

Read More

वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन

Posted on December 01, 2023 | views : 425 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए । थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् ।

Read More

चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

Posted on December 01, 2023 | views : 380 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | बुबाको हत्या गरेको अभियोगमा प्रहरीले ४० वर्षीय छोरालाई पक्राउ गरेको छ । बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भ

Read More

केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै

Posted on December 01, 2023 | views : 300 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। अहिले बिहान ११ बजे पोखरा रंगशालास्थित  क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।   उपाधि विजेता टोलीले ५ लाख नगद प्र

Read More

नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद

Posted on December 01, 2023 | views : 463 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत र

Read More

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

Posted on December 01, 2023 | views : 179 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भए

Read More

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Posted on December 01, 2023 | views : 418 | काठमाडौँ - KTM

मङ्सिर १५, झापा | झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्।  जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा ह

Read More

अरु महिलामाथि आँखा लगाएको भन्दै महिलाले लगाइन् ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

Posted on December 01, 2023 | views : 399 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | अमेरिकामा आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा

Read More

३ सय रुपैयाँले घट्दै सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम

Posted on December 01, 2023 | views : 304 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा

Read More

यी ३ प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Posted on December 01, 2023 | views : 293 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

Read More

स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते

Posted on November 30, 2023 | views : 497 | काठमाडौँ - KTM

मङ्सिर १४, बर्दिया | बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्।  दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेव

Read More

एपीएफलाई ११ रनले हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा

Posted on November 30, 2023 | views : 586 | काठमाडौँ - KTM

मङ्सिर १४, पोखरा  |  विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्

Read More

ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

Posted on November 30, 2023 | views : 728 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेहरूमा मोटरसा

Read More

मङ्सिर २८ मा सम्भव सिरोहियासँग विवाह गर्दै शृङ्खला

Posted on November 30, 2023 | views : 429 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह हुने भएको छ ।  उनीहरूको मङ्सिर २८ गते होटेल हायातमा विवाह समारोह आयोजना हुन लागेको हो । शृङ्खलाको बुबा विरोध खतिवडाले विवाह होटेल हायातमा आयोजना गरिने जानकारी दिए । असोज २८ गते शृङ्खलाले इन्स्टाग्राममार

Read More

‘जहाजले छाडेको होइन यात्रुहरू संवेदनशील नभइदिँदा आफै छुटेका हुन्’ - नेपाल एयरलाइन्स

Posted on November 30, 2023 | views : 503 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ ।

Read More

नेपाल एयरलाइन्सको लापरवाही: प्रधानमन्त्री लिएर उड्दा टिकट काटेर विमानस्थल पुगेका ३१ यात्रु छुटे

Posted on November 30, 2023 | views : 370 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौं | नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ ।  निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो ।  नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा क

Read More

आज काठमाडौँको यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

Posted on November 30, 2023 | views : 361 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो । प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । काली

Read More

यस्तो छ आजको मौसम, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

Posted on November 30, 2023 | views : 491 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।  दिउँसो कोशी, मधेस, बाग

Read More

सलमानलाई फेरी ज्यान मार्ने धम्कि

Posted on November 29, 2023 | views : 526 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | बलिउड अभिनेता सलमान खानलाई पुन: एक पटक ग्याङ्स्टर लरेन्स बिश्नोईले ज्यान मार्ने धम्कि दिएका छन् । लरेन्स बिश्नोईको ज्यान मार्ने धम्किपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षा बढाएको छ । मुम्बई प्रहरीले सलमानको सुरक्षामा कुनै कमी नरहोस् भन्नाका लागि सेक्यूरिटीको रिव्यू गरेको छ ।

Read More

भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड जम्मा

Posted on November 29, 2023 | views : 323 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | जाजरकोटलाई केन्द्रविन्दु भएर आएको भूकम्पका कारण पीडित जनताकाे राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ।  प्रधानमन्त्री कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा गरेका छन् । भूकम्पले ठू

Read More

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

Posted on November 29, 2023 | views : 486 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो। जिल्

Read More

भोलि काठमाडौँका यि क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

Posted on November 29, 2023 | views : 408 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | भोली मंसिर १४ गते बिहीबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकू(स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । कालीमाटी पुल, परोपकार,

Read More

घुस मागेको भन्दै इन्जिनियरमाथि कुटपिट, प्रहरीमा उजुरीपछि आन्दोलन

Posted on November 29, 2023 | views : 480 | काठमाडौँ - KTM

मङ्सिर १३, कञ्चनपुर  | एक निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्। निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको गम्भिर आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्। सोम

Read More

रास्वपाको संयुक्त बैठक आज तेस्रो दिन पनि बस्दै

Posted on November 29, 2023 | views : 301 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो ।  बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा

Read More

‘अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

Posted on November 28, 2023 | views : 918 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ |  ‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् । आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ ला

Read More