समाज | काठमाडौँ - KTM


तेह्र जना लिएर उडेको भारतीय विमान सम्पर्कविहीन

Posted on June 03, 2019 | views : 525 | काठमाडौँ - KTM

जेठ २०, गुवाहाटी । भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२ः२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ

Read More

ललितपुरमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on June 03, 2019 | views : 438 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । ललितपुरको गोदावारी नगरपालिका–१४ थैवमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  बा२ख ७३५४ नंको ट्याङकरले बा५०प ३६७१ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय

Read More

उपसभापति निधि डेनमार्क प्रस्थान

Posted on June 03, 2019 | views : 329 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ  । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।   डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालय

Read More

पालुङटारमा हेलो मेयर

Posted on June 03, 2019 | views : 394 | काठमाडौँ - KTM

जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु

Read More

नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ: मन्त्री अर्याल

Posted on June 03, 2019 | views : 397 | काठमाडौँ - KTM

जेठ २०, पाँचथर (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझा

Read More

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

Posted on June 03, 2019 | views : 576 | काठमाडौँ - KTM

जेठ २०, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।  मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग

Read More

बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

Posted on June 03, 2019 | views : 367 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं । सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ ।  ‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाह

Read More

शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते

Posted on June 03, 2019 | views : 719 | काठमाडौँ - KTM

जेठ २०, दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पा

Read More

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

Posted on June 02, 2019 | views : 479 | काठमाडौँ - KTM

जेठ १९, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र  काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको

Read More

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

Posted on June 02, 2019 | views : 477 | काठमाडौँ - KTM

जेठ१९, बेरुत । इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेना

Read More

जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल

Posted on June 02, 2019 | views : 296 | काठमाडौँ - KTM

 जेठ १९, इलाम । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।  मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएक

Read More

तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा

Posted on June 02, 2019 | views : 239 | काठमाडौँ - KTM

जेठ १९, सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि

Read More

केही दिन अझै साँझपख वर्षा हुने

Posted on June 02, 2019 | views : 372 | काठमाडौँ - KTM

 जेठ १९, काठमाडौँ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम र

Read More

पेट्रोल तथा डिजेल भण्डारविहीनः लिटरमा १५/२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता

Posted on June 02, 2019 | views : 336 | काठमाडौँ - KTM

जेठ १९, कालिकोट । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् ।  अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर

Read More

चट्याङ लागेर एक महिलाको मृत्यु

Posted on June 02, 2019 | views : 397 | काठमाडौँ - KTM

जेठ १९, हेटौँडा । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्याल

Read More

रोल्पामा पहिरोले पुरिएर महिलाको मृत्यु

Posted on June 02, 2019 | views : 1402 | काठमाडौँ - KTM

जेठ १९, रोल्पा । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पु¥याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो का

Read More

उपराष्ट्रपति स्वदेश फिर्ता

Posted on June 01, 2019 | views : 377 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय

Read More

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड

Posted on June 01, 2019 | views : 1096 | काठमाडौँ - KTM

जेठ १८, धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ ।  सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे

Read More

अमेरिकामा गोली प्रहारबाट १३ जनाको मृत्यु

Posted on June 01, 2019 | views : 500 | काठमाडौँ - KTM

जेठ १८ वासिङ्टन । अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।  सो घटनामा एक जनाको उपचारका

Read More

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न आग्रह

Posted on June 01, 2019 | views : 283 | काठमाडौँ - KTM

जेठ १८, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ ।  आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्

Read More

प्रधानमन्त्री पोखरामा

Posted on June 01, 2019 | views : 357 | काठमाडौँ - KTM

जेठ १८ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ । उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्नुहुनेछ । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता र

Read More

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

Posted on June 01, 2019 | views : 515 | काठमाडौँ - KTM

जेठ १८ डोल्पा । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि  फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्

Read More

हेलिकोप्टरमार्फत पुगे त्रिदेशीय नाकामा सुरक्षाकर्मी

Posted on May 31, 2019 | views : 1803 | काठमाडौँ - KTM

नरेन्द्रसिंह कार्की, जेठ १७ दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल

Read More

टुटल, पठाओलाई ऐनमा समेटिँदै

Posted on May 31, 2019 | views : 655 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन ।  यातायात व्यवस्था ऐन सं

Read More

पाँच प्रहरी अधिकृत पुरस्कृत

Posted on May 31, 2019 | views : 268 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।  प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही रु दुई हजार ५०० नगदसहित

Read More

विषादीयुक्त आँप बजारमा

Posted on May 31, 2019 | views : 397 | काठमाडौँ - KTM

जेठ १७, लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ ।स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गो

Read More

महोत्तरीमा ३६ हजार घूससहित वडा सदस्य पक्राउ

Posted on May 31, 2019 | views : 624 | काठमाडौँ - KTM

 जेठ १७, गौशाला । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य र

Read More

हावाहुरीसहित वर्षाको सम्भावना

Posted on May 31, 2019 | views : 361 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।  बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–

Read More