समाज | काठमाडौँ - KTM


जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प

Posted on November 05, 2023 | views : 709 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको छ। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो ४: १० बजेसम्म लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको जानकारी दिएको हो। केन्द्रका अनुसार त्यसमध्ये आज दिउँसो २ बजेर २४ मिने

Read More

मेनुकाको प्रस्तुतिपछि महेश भावविह्वल देखिए महेश भट्ट

Posted on November 05, 2023 | views : 492 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए । पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘

Read More

बरालसँगको विवाह-सम्झौता कुनै कानूनी डकुमेन्ट होईन, मेरो विवाह गर्ने योजना छैन: एआईजी चन्द

Posted on November 05, 2023 | views : 1516 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक भएको एक कागजी सम्झौताले उजागर गरेको थियो । सार्वजनिक भएको उक्त लिखित सहमतिअनुसार उनीहरुबीच विवाह गर्

Read More

विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ

Posted on November 05, 2023 | views : 547 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | विदेश पठाउन  फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ ।  टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार

Read More

साङ्गीतिक कार्यक्रमका अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कबाट सम्पर्कविहीन

Posted on November 05, 2023 | views : 441 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | साङ्गीतिक कार्यक्रममा अमेरिका पुगेका गायक हर्कुलस बस्नेत अमेरिकाको न्युयोर्कबाट सम्पर्कविहीन भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि पहिलोपटक अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कको कार्यक्रममा सहभागी अगाडि नै फरार भएको अमेरिकाबाट सञ्चालित मिडिया मकैहाउस न्युज डटकमले जनाए

Read More

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

Posted on November 05, 2023 | views : 373 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ । महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्ध

Read More

यी हुन् भूकम्पपीडितलाई राहतका लागि सरकारले गरेका १८ निर्णय

Posted on November 05, 2023 | views : 469 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | भूकम्पपीडितलाई राहतदिने विषयमा छलफल गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णयहरु गरेको छ। संवत् २०८० कार्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका

Read More

नेपाललाई सुपरओभरमा जितका लागि २२ रन चाहिने

Posted on November 05, 2023 | views : 327 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | नेपाललाई टी–२० विश्वकप छनोटको उपाधि जित्न एक ओभरमा २२ रन ल्याउनुपर्ने भएको छ ।

Read More

भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते

Posted on November 05, 2023 | views : 256 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।  एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेक

Read More

एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

Posted on November 05, 2023 | views : 355 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोष

Read More

गृहमन्त्री सहित चार मन्त्री पुगे भूकम्पले क्षतिग्रस्त क्षेत्र

Posted on November 05, 2023 | views : 315 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | भूकम्प पीडितहरूको अवस्था बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री  मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार मन्त्री  प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ। टोलीमा पूर्व मन्त्री  दिनानाथ शर्मा&

Read More

क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरमा

Posted on November 05, 2023 | views : 360 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन् । नेपालल

Read More

जाजरकोट भूकम्प : प्रति मृतक २ लाखका दरले परिवारलाई राहत दिइने

Posted on November 05, 2023 | views : 329 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको सञ्चारमन्त्री रेखा शर

Read More

भूकम्पबाट घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

Posted on November 05, 2023 | views : 409 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।  त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयार

Read More

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित राहतका पर्खाइमा

Posted on November 05, 2023 | views : 340 | काठमाडौँ - KTM

कार्तिक १९, सुर्खेत | जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाल

Read More

भूकम्प अपडेट :मृत्यु हुनेको संख्या १५७ जना, घाइतेको सङ्ख्या बढेर २५३ पुग्यो

Posted on November 05, 2023 | views : 318 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।  भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्

Read More

रुसी राष्ट्रपतिद्वारा नेपालमा गएको भुकम्प र धनजनको क्षेतीप्रति दुःख व्यक्त

Posted on November 04, 2023 | views : 575 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपत

Read More

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

Posted on November 04, 2023 | views : 581 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अन

Read More

रुकुमबाट ७ घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

Posted on November 04, 2023 | views : 399 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रु

Read More

जाजरकोट र रुकुमपश्चिममा उद्धारका लागि ८५९ जना प्रहरी परिचालित

Posted on November 04, 2023 | views : 377 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितको उद्धारका लागि ८ सय ५९ जना प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् । कर्णाली प्रदेश प्रहरी का

Read More

बुद्ध एयरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

Posted on November 04, 2023 | views : 509 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । बुद

Read More

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा सीमसहित नि:शुल्क सेवा दिने

Posted on November 04, 2023 | views : 329 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् । उनले भूकम्प प्रभावित क्षेत्रमा

Read More

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

Posted on November 04, 2023 | views : 398 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । दूतावासले सामाजिक सञ्जालमा लेखे ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक

Read More

भूकम्प अपडेट: जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या १३६ पुग्यो

Posted on November 04, 2023 | views : 465 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ३६ जनाको मृत्यु भएको छ ।  जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको हो । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृ

Read More

भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम (तस्वीरहरू)

Posted on November 04, 2023 | views : 388 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युड गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश

Read More

नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ उड्दै

Posted on November 04, 2023 | views : 415 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।  नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको ज

Read More

यस्तो छ रुकुम पश्चिममा हालसम्म मृत्यु तथा घाइते भएकाहरुको नामावली

Posted on November 04, 2023 | views : 631 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको हो ।  मृत्यु हुनेमध्ये नाम खुले

Read More

भूकम्प अपडेट: हलसम्म जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

Posted on November 04, 2023 | views : 1023 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।  भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिर

Read More