समाज | काठमाडौँ - KTM


विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

Posted on July 30, 2019 | views : 245 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।  विप्लव समूहक

Read More

भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार गर्नेलाई धमाधम गिरफ्तार गरिएको छ : प्रम ओली

Posted on July 30, 2019 | views : 174 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज  उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ

Read More

पाकिस्तानमा सैनिक विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

Posted on July 30, 2019 | views : 271 | काठमाडौँ - KTM

साउन १४, रावलपिन्डी, पाकिस्तान, रासस -एएफपी । पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।  सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो ।

Read More

गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

Posted on July 30, 2019 | views : 517 | काठमाडौँ - KTM

सिबी अधिकारी,  साउन १४,काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निका

Read More

कलंकी प्रकरणमा हतियार सहित एकजना पक्राउ

Posted on July 30, 2019 | views : 220 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ  | काठमाडौँको कलंकीस्थित  पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा  छिमकी  पूर्वइञ्जिनियर शुभांकर खनाललाई प्रहरीले अनुसन्धानको दाएरमा ल्याएको छ |  महाशाखाका अनुसार उनलाई अनुसन्धानकालागि ल्याइएको हो |  उनको साथबाट दुई थान हतियार र ५० रा

Read More

ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए

Posted on July 30, 2019 | views : 177 | काठमाडौँ - KTM

साउन १४, रियो डि जेनेरो (रासस -सिन्हवा) ।  ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएक

Read More

किन भएन मनसुन सक्रिय ?

Posted on July 30, 2019 | views : 509 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ  | मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली 

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on July 30, 2019 | views : 714 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६८  पैसा र बिक्रीदर ११० रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ४० पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६

Read More

चितवनमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु

Posted on July 30, 2019 | views : 189 | काठमाडौँ - KTM

साउन १४, मुग्लिन। पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो

Read More

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

Posted on July 30, 2019 | views : 199 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ  | मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५-७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् ।

Read More

दाङका ऋषि विश्व रेकर्ड तोड्ने दौडमा, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

Posted on July 30, 2019 | views : 294 | काठमाडौँ - KTM

दीपक बोहरा, साउन १४, लमही । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडाय

Read More

सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

Posted on July 30, 2019 | views : 183 | काठमाडौँ - KTM

साउन १४, काठमाडौं । बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए

Read More

तरुण दलको उदारताः आगोले दुवै हात र निधार पोलेको बालकलाई १ लाख १३ हजार सहयोग

Posted on July 29, 2019 | views : 243 | काठमाडौँ - KTM

साउन १३, खोटाङ | आगोले दुवै हात र निधार पोलेर शक्त घाईते भएका ५ महिने बालकलाई नेपाल तरुण दल खोटाङले आर्थिक सहयोग गरेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी निर्मला राईको कान्छा छोरा प्रबिन राईलाई आइतबार साँझ १ लाख १३ हजार ३६५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो । गत शुक्रबार मध्यान्ह १२ वजे घर

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि एक सातामा डेढ करोड सङ्कलन

Posted on July 29, 2019 | views : 386 | काठमाडौँ - KTM

साउन १३, चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो ।  यही साउन ८

Read More

रोल्पामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

Posted on July 29, 2019 | views : 377 | काठमाडौँ - KTM

 साउन १३, रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो ।  यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्

Read More

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीजेल चलान

Posted on July 29, 2019 | views : 240 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ  | नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ

Read More

पत्रकार आचारसंहिता संशोधनको तयारीमा

Posted on July 29, 2019 | views : 270 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ  | प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ । संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव

Read More

अमेरिकी गोलीकाण्ड, तीन जनाको मृत्यु, १५ जना घाइते

Posted on July 29, 2019 | views : 187 | काठमाडौँ - KTM

साउन १३, लस एन्जेलस, रासस -एएफपी । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।  ‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प

Read More

छत्तिस हजारमै जापान उड्न पाइने

Posted on July 29, 2019 | views : 626 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भा

Read More

उपत्यकामा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा मृत्यु

Posted on July 29, 2019 | views : 215 | काठमाडौँ - KTM

अच्युत रेग्मी | साउन १३, काठमाडौँ  | उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परी धेरै यात्रुको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५-७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका २५४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा मात्र ११५ यात

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

Posted on July 29, 2019 | views : 461 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ ।  यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ प

Read More

विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता, तीन दर्जन युवा ठगिए

Posted on July 29, 2019 | views : 447 | काठमाडौँ - KTM

साउन १३, गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल

Read More

ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्म-हत्या

Posted on July 29, 2019 | views : 234 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रह

Read More

कोसी उच्च बाँधमा कुरा मिलेन, नेपाल–भारत बैठक निष्कर्षविहिन

Posted on July 29, 2019 | views : 252 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं । नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ ।  नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र

Read More

मर्नुअघि शिक्षकको नाममा पत्र लेखेर घरकै पंखामा झुन्डिए सुरज

Posted on July 28, 2019 | views : 2869 | काठमाडौँ - KTM

भास्कर के.सी. | साउन १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरका एक विद्यार्थीले आफू मर्नुको कारण सहितको नोट लेखेर घरकै पंखामा झुन्डिएका छन् ।  उनले शिक्षकको नाम लेखेर झुन्डिएका हुन् । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका ३ भाँसीका १६ वर्षिय सुरज लेखक शनिबार

Read More

काठमाडौँको माछापोखरीमा सपिङसेन्टरको आठौँ तलाबाट खसेर एकजनाको मृत्यु

Posted on July 28, 2019 | views : 405 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।  आज दिउँसो भएको उक्त घट

Read More

विदेश पठाउने भन्दै लाखौँ ठगीको आरोपमा दुई जना पक्राउ

Posted on July 28, 2019 | views : 543 | काठमाडौँ - KTM

साउन १२, विराटनगर । राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ ।श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा वैदेश

Read More

प्रदेश ३ सरकारद्वारा पशुपालनका लागि ६ करोड अनुदान वितरण

Posted on July 28, 2019 | views : 498 | काठमाडौँ - KTM

साउन १२, हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी

Read More