चौथो उदयपुर गोल्ड कप थरुहट रंगशालामा हुने

Posted on: 07 Feb, 2017


अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम्म सन्चालन हुनेभएको छ ।  

गोल्डकप तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले शनिबार नवनिर्मित थरुहट रंगशाला गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने उक्त गोल्डकप प्रतियोगिताको संयोजक जिल्ला विकास समिति उदयपुर र त्रियुगा नगरपालिकाले गरेको छ भने सहमुख्य प्रायोजन एसियन थाईफुड प्रा.लि. ले गरेको छ ।

यसबर्षदेखि आप्mनै खेल मैदान, सदरमुकाम गाईघाटको थारुहट रंगशालामा सन्चालन हुने गोल्डकपको फिल्ड निर्माण, मञ्च निर्माण तथा सजावटको कार्यहरु पुरा भईसकेको मुल आयोजक समितिका संयोजक किरण राईले बताएकाछन् । नेपाल सरकारको लगानीमा निर्मित रंगशाला घेराबेरा गर्ने, सम्याउनेदेखि दुबो उमार्नेसम्मको काम भईसकेको छ । पाँच हजार दर्शक अट्ने क्षमताको रंगशालामा हाल तीन हजार दर्शक बस्न मिल्ने ब्यवस्था मिलाईएको छ ।


प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका ८ वटा टिमले भाग लिने पक्का भएको छ । जसमा रमपम झापा ११, रुपन्देही ११, धरान फुटबल क्लव, एपिएफ क्लव काठमाडौं, मोरङ ११, सिएमसी संकटा क्लव काठमाडौं, उदयपुर ११ र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लव काठमाडौं सहभागि हुने पक्का भएको हो ।

प्रतियोगिताको प्रचारलाई ब्यापक बनाउन उदयपुरका दुईदर्जन साईक्लिष्टहरुले र्याली पनि गरेका छन् । उनीहरुले सदरमुकाम गाईघाटदेखि बेल्टारबसाहा नगरपालिका हुदै सप्तरीको फत्तेपुर हुदै सुन्दरपुर, हडिया, जोगिदह, मोतिगडा सम्मको यात्रा तय गरेकाछन् । साईकल यात्राको क्रममा उनिहरुले गोल्डकपको बारेमा प्रचार प्रसार गरेको आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!