आइपिएल क्रिकेट: पन्जाबद्वारा बैंग्लोर ८ विकेटले पराजित

Posted on: 10 Apr, 2017

चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । 

रोएल च्यालेन्जर्स बैंग्लोरलाई जित्ने क्रममा पन्जाबका अमलाले नटआउट ५८ र म्याक्स्बेलले ४३  बनाए । आइपिएलमा निकै बलियो टिम मानिने रोएल च्यालेन्जर्स बैंग्लोरले ४ विकेटको क्षेतिमा दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले उक्त स्कोर २ विकेटको क्षेतिमा १४.३ ओभरमै १५० रन बनाउंदै पुरा गर्यो । 

पन्जाबको पहिलो विकेट आरसीबीका टाइमल मिल्सले लिए । मिल्सले छैटौं ओभरको अन्तिम बलमा मन्दीप वोहरालाई LBW आउट गरे । त्यस्तै पन्जाबले दोश्रो विकेटसंगै नवौं ओभरको पहिलो बलमा अक्षेर पटेललाई गुमायो । 

पहिले ब्याटिङ्ग गरेको रोएल च्यालेन्जर्स बैंग्लोरले सुरुवाती खेल निकै कमजोर खेलेपनि क्रिस गेलको सट्टा खेलमा आएका एबि डिविलियर्सले एबी डिविलियर्सको शानादार इनिङ्ग मार्फत १४८ रन जोड्न सफल बन्यो । डिविलियर्सले नट आउट ४६ बलमा ८९ रन बनाए । स्कोर बनाउने क्रममा उनले ९ छक्का र ३ चौका लगाएका थिए । बैंग्लोरको लागि सुरुवाती ब्याटिंग गरेका सेन वाट्सनले पहिलो ओभरमै २ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टुअर्ट बिन्नीले नटआउट १८ रन जोडे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!