डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनलाई

Posted on: 08 Jun, 2017


जेठ २५, धनगढी । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । 

आज भएको फाईनल खेलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो । उपाधीसंगै ऐश्वर्या विदा निकेतनले नगद ३० हजार तथा उप विजेता बनेको लिटील फ्लावरले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

आज भएको फाईनलमा टस जितेर व्याटीङ गरेको लिटील फ्लवार ईङलीस बोर्डीङ स्कुलले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै ५० रन मात्रै बनाउन सक्यो ।

 सुरुवातका दुई ओभरमै २ खेलाडी रन आउट भएपछि लिटील फ्लावरका अन्य कुनै पनि व्याट्सम्यानले टिमको पारी सम्हाल्न सकेनन् । लिटील फ्लावरका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने मनोज कठायतले सर्वाधीक ९ रन बनाए । बलीङमा ऐश्वर्यका लोकेश हमालले ४ ओभर बलीङ गर्दै ७ रन दिएर ३ विकेट लिए । 

५१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्या विद्या निकेतनले ११ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो । ऐश्वर्याका लागी कप्तान विरेन्द्र महतले ३६ बलमा १६ रनको योगदान दिए । 

बलीङमा लिटील फ्लावरका आभास खड्काले १ दशमलव ५ ओभरमा ८ रन दिदै ३ विकेट लिए । म्यान अफ द म्याच ऐश्वर्याका लोकेश हमाल भए । यस्तै प्रतियोगीतामा म्यान अफ द सिरीजको पुरुष्कार ग्ली एकेडेमीका पदम बोहरा, बेष्ट बलर ऐश्वर्याका लोकेश हमाल, राईजीङ प्लेयर ग्लीका निराजन राणा र बेष्ट ब्याट्सम्यान एक्सीस विदा आश्रमका अमृत रावलले पाएका छन् । 

प्रपितयोगीताका विजयी खेलाडी र टिमलाई आजै एक कार्यक्रमको आयोजना गरी पुरुष्कार वितरण गरीएको प्रतियोगीताका संयोजक विजय कार्कीले बताउनुभयो । कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहको प्रमुख आतीथ्यमा भएको कार्यक्रम आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा सम्पन्न भएको हो । 

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा धनगढीका २९ वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरबाटै परिपक्व खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ अन्तर विद्यालय क्रिकेट प्रतियोगीता आयोजना गरीएको हो । -नवराज पनेरुको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!