गोलकिपरले बल ठानेर टाउको समातेपछि ...

Posted on: 05 Jan, 2018

पुस २१, एजेन्सी | इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत हिँजो बिहीबार भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोकेको छ । टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रियनको महत्वपूर्ण भूमिका रह्यो ।

गोलकिपर एड्रिएनको राम्रो प्रदर्शनका कारण म्यानचेस्टर सिटीबाट लोनमा गएका इंग्ल्याण्डका जोय हार्टले वेष्ट ह्याममा आफ्नो स्थान बनाउन संघर्ष गर्नु परेको छ । 

खेलमा गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समातेको दृश्य निकै रोमान्चित रह्यो । उक्त खेलमा कर्नर किकको बल रोक्ने प्रयास गरेका गोलकिपर एड्रियनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन् । एड्रियनले बल ठानेर कोयाटेको टाउको समातेका हुन् । तर बल भने टाउको पछाडीबाट आउंदै गरेको दृश्य तश्विरमा हेर्न सकिन्छ । 

गोलकिपर एड्रियनले कोयाटेको टाउको समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!