नेपाल डिभिजन टूको तेश्रो स्थानमा, भोलि क्यानडालाई जित्नैपर्ने

Posted on: 13 Feb, 2018

फागुन १, काठमाडौं | नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । 

मंगलबारको खेलमा केन्यालाई ८ विकेटले पराजित गरि नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रो स्थानमा झरेको हो । नेपालले पहिलो खेलमा नै नामेवियालाई पराजित गरेको  थियो तर उसले केन्यासंगको खेलमा निकै राम्रो खेल्दा अंकमा नेपाललाई जितेर दोश्रो स्थानमा उक्लिएको हो । नेपाल, क्यानेडा र नामेवियाले समान ४ खेल खेल्दै समान ६ अंक बटुलेको भएपनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । 

खेलमा नेपालले क्यानडालाई पराजित गर्न सके नेपाल विश्वकप छनौटमा खेल्न पाउने छ । 

नेपाल र क्यानडाबीच हुने खेलमा जसले जिते पनि उक्त टोली आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!