नेपालसँग हङकङ पाँच विकेटले पराजित, अफगानिस्तान सुपर सिक्समा

Posted on: 12 Mar, 2018

फागुन २८, काठमाडौँ | हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ । 

नेपालको ब्याटिङ कमजोर बनेपछि नेपालले १५४ रनको लक्ष्य भेट्न ४०.४ ओभरसम्म कुर्नुपर्यो ।  जसको सिधा फाइदा अफगानिस्तानले लिएको छ । जतिसक्दो छिटो लक्ष्य समेटेको र विकेट पनि नदिएको अवस्था थियो भने नेपाल सुपर सिक्समा पुग्ने सम्भावना थियो तर समान २/२ पोइन्ट पाएका नेपाल र अफगानिस्तान मध्य रनरेटको आधारमा नेपाल एक स्थान पछाडी परेपछि सुपर सिक्समा अफगानिस्तान अघि बढेको छ । 


आजको खेलमा पनि नेपाली ब्याट्सम्यानहरू चल्न सकेनन् । नेपालको जीतका लागि रोहित कुमार र सोमपाल कामीको ८५ रनको साझेदारी निकै महत्वपूर्ण रह्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!