नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित, दिपेन्द्रको सानदार पर्दर्शन

Posted on: 15 Mar, 2018

चैत १, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । ११५ रनको विजय लक्ष्य पछ्याएको नेपालले २३ ओभरको खेल सकिंदानै पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । खेलमा नेपालका लागि अल राउन्ड प्रदर्शन गरेका दिपेन्द्र सिङ एरीको सानदार पर्दर्शन रह्यो । दिपेन्द्रले आजको खेलमा ४ विकेट लिए भने अविजित अर्धसतक पनि बनाए । उनले ५८ बलमा ५० रन जोडेका थिए । 

ओडिआई स्ट्याटस हात पार्नका लागि आजको खेल निकै महत्वपूर्ण छ जसमा नेपालको सानदार प्रदर्शन रह्यो । खेलमा जितको लागि ऐरीसँग आरिफ शेखको ६७ रनको साझेदारी निकै महत्वपूर्ण रह्यो ।

आरिफले खेलमा ४२ बलमा २६ रन बनाएर आउट भए । 

त्यस अघि सन्दिप लामिछ्नेले ४ विकेट लिएका थिए भने सोमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!