आइपीएल क्रिकेट: सनराइजर्स हैदरावादको लगातार तेश्रो जित, कोलकाता ५ विकेटले पराजित

Posted on: 15 Apr, 2018

बैशाख २, काठमाडौँ | आइपीएल क्रिकेट अन्तर्गत सनिबार रातिको खेलमा कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादद्वारा ५ विकेटले पराजित भएको छ । खेलमा सुरुमा ब्याटिङ सम्हालेको कोलकाता नाइट राइडर्सले हैदरावादलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई हैदरावादले १९ ओभरमै पुरा गर्दै आइपीएल २०१८ अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्दै सबैभन्दा शिर्ष स्थानमा कायम रहेको छ । 


कोलकाता नाइट राइडर्सले १३८ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा उसका लागि सर्वाधिक रन क्रिस लिनले ३४ बलमा ४९ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २७ बल खर्चिएर २९ रन बनाए । बाँकी ब्याट्सम्यानले १८ रन भन्दा बढी ल्याउन सकेनन् । खेलमा नितिस रानाले १८ रन, सुनिल नारिने र आन्द्रे रुसलले समान ९/९ रन, शिवम माविले ७ रन जोडेका थिए । कोलकाताको विकेट लिने क्रममा हैदरावादका भुवनेस्वर कुमारले ३, शकिव अल हसन र बिल्ली स्टनलेकले समान २/२ विकेट र सिद्धार्थ काउलले १ विकेट लिए । ४/४ ओभरको खेलमा बलिङ गरेका हैदरावादका बलरहरु मध्ये भुवेनेस्वर कुमारले २४ बल प्रहार गर्दै ३ विकेट लिंदा रशिद खानको खेल राम्रो रहेन । रशिदले २४ बलमा बिना कुनै विकेट कालकातालाई ३१ रन दिएका थिए । यसरी खेलमा ८ विकेट गुमाई कोलकाता नाइट राइडर्सले २० ओभरको खेलमा १३७ रन जोड्यो । 

खेलमा कोलकाताले दिएको १३८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हैदरावादका लागि व्रिद्दीमान साहले २४ रन, शिखर धावनले ७ रन, मनिष पाण्डेले ४ रन, कान विलियमसनले सर्वाधिक ५० रन, सकिव अल हसन २७ रन र अन्तिमसम्म ब्याटिङ सम्हालेका दिपक हुडा र युसुव पठानले क्रमश ५ र १७ रन ल्याएर १९ ओभरमै लक्ष्य पुरा गरे । खेलमा हैदरावादको विकेट लिने क्रममा कोलकाताका सुनिल नारिनेले ९ डट बल खेल्दै २ विकेट लिए भने कुलदिप यादव, मिचेल जोनसन र पिउस चावलाले १/१ विकेट लिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!