७९ रन जोडेर पनि जिताउन सकेनन् धोनीले चेन्नईलाई, पन्जावले ४ रनले जित्यो

Posted on: 16 Apr, 2018

बैशाख ३, काठमाडौँ | किंग्स इलेवन पन्जाबले चेन्नई सुपर किंग्सको आईपीएल सीजन 11 को १२ औं खेलमा ४ रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेभेन पन्जाबको टिमले २० ओभरमा ७ विकेट गुमाई १९७ रन बनायो र चेन्नई सुपर किंग्स सामु १९८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाबमा चेन्नई सुपर किंग्सले २० ओबरको खेलमा ५ विकेट गुमाएर १९३ रन बनायो |

खेलमा क्रिस गेलले पंजाबको लागि ३३ बलमा ६३ रन बनाए | गेलले १९० को स्ट्राइक रेटबाट खेल्दा आफ्नो पारीमा ७ चौका र ४ छक्का प्रहार गरे | क्रिस गेलको निकै सानदार अर्धशतकको अलावा लोकेश राहुलले ३७ रन र मयंक अग्रवालले ३० रनको उपयोगी पारी खेल्यो जसको मद्धतले किंग्स इलेवन पंजाबले चेन्नई सुपर किंग्स बिरुद्ध ७ विकेटमा १९७ रनको बलियो स्कोर बनायो |


जसलाई समेट्न मैदानमा ब्याटिङ गर्न आएको चेन्नई सुपर किंग्सका कप्तान महेंद्र सिंह धोनीले कप्तानी पारी खेल्दै खेललाई सम्भावनाको नजिक पुर्याएका थिए | खेलमा चेन्नईको लागि धोनीले नट आउट रही ७९ रन जोडेभने आम्बाति रायाडूले ४९ रन ल्याए, बाँकी खेलाडीले २० रन भन्दा बढी जोड्न सकेनन् | धोनीले  किंग्स इलेवन पन्जाबले दिएको लक्ष्यलाई पछ्याउने क्रममा अन्तिम ओभरसम्म उत्कृष्ट पारी खेले तर अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा चेन्नईले १३ रन मात्र बनाउन सक्यो | खेलमा धोनीले अन्तिम बलमा छक्का हानेर प्रतिष्पर्धीसँगको स्कोर जम्मा चार रनको फरक पारे | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!