आइपिएल क्रिकेट थप रोचक बन्दै, ब्यांग्लोरद्वारा ८.१ ओभरमै पन्जाव १० विकेटले पराजित

Posted on: 14 May, 2018

वैशाख ३१, काठमाडौँ | आईपीएलको ११ औं सीजनको ४८ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोर (आरसीबी) ले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ | उसले ८९ रनको झिनो लक्ष्य ८.१ ओभरमा बिना कुनै विकेट (९२/०) हासिल गरेको हो | ब्यांग्लोरका कप्तान विराट कोहलीले खेलमा नट आउट ४८ र पार्थिव पटेलले नट आउट ४० रन जोडेर पंजावलाई पराजित गरेको हो |


यस जितसँगै आरसीबीले १२ खेलमा ५ औं जीत हासिल गरेको छ | तर, आजको हार अघि तेश्रो स्थानमा रहेको पन्जावको टिम १२ खेलमा छैटौं हारपछी अफ्ट्यारोमा परेको छ | प्लेअफले पुग्नको लागि पन्जाब, कोलकाता र राजस्थानको समीकरण थप रोचक बनेको छ | यी तीनैले अब दुई-दुई खेल खेल्न बाँकी छ र  १२/१२ खेलमा तीनै टिमको १२/१२ अंक हैंछ | उता, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स यस अघि नै प्लेअफमा पुगिसकेका छन् |

आजको खेलमा जे डर पंजावलाई थियो त्यहि भएको छ, खेलमा केएल राहुल र क्रिस गेल टिक्न नसक्दा पन्जाव ब्यांग्लोरसामु निरिह बन्न पुग्यो | आरसीबीले पंजाबको तीन विकेट रन आउटबाटबाट गर्यो भने बाँकी खेलाडीहरुलाई १५ ओभरको खेलमै अल आउट गरिदियो | खेलमा उमेश यादवले ४ ओभरमा २३ रन मात्र दिएर ३ विकेट लिए, जसमा राहुल र गेलको विकेट पनि समावेश छ |

खेलमा पहिले ब्याटिङ गरेको पंजावको लागि लोकेस राहुलले १५ बलमा २१ रन, क्रिस गेलले १४ बल मा १८ रन, आरोन फिंचले २३ बलमा २६ रन, अक्षर पटेल नट आउट ९ रन बनाए बाँकी खेलाडीले ३ रन भन्दा बढी जोड्न सकेनन् | 


१५ ओभरमा आल आउट भएको पंजावले जम्मा ८८ रन जोडेपछी जवाफी ब्याटिङमा उत्रिएको रोयल च्यालेंजर्स ब्यांग्लोरलाई ८९ रनको लक्ष्य पछ्याउन धेरै कुर्नु परेन | उसले ओपनर ब्याट्सम्यानहरु बिराट कोहली र पार्थिव पटेलको पारीमा विना विकेट ८.१ ओभरको खेलमै लक्ष्य पुरा गर्दै सानदार जित हाँशिल गर्यो | 

पछिल्लो अंकतालिका 


यस बिषयमा तपाइको प्रतिक्रिया...!