आईपीएल-11: कोलकाताद्वारा राजस्थान ६ विकेटले पराजित (८ टिमको अंक तालिका हेर्नुहोस्)

Posted on: 16 May, 2018

जेठ २, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ, खेलमा कोलकाताका कुलदीप यादवले मात्र ४ विकेट लिएका थिए | कुलदीप यादवले जोस बटलर, अजिंक्य रहाणे र बेन स्टोक्सको महत्वपूर्ण विकेट हासिल गरेका थिए ।


राजस्थानले २००८ पछी ईडन गार्डन्समा कोलकातालाई हराउन सकेको छैन | अब दुवै टीमले प्लेअफमा पुग्नको लागि आफ्नो अन्तिम खेल जित्नुपर्ने भएको छ |

ईडन गार्डन्समा भएको ४९ औं खेलमा कोलकाता नाइटराइडर्सले १४३ रनको लक्ष्यलाई ४ विकेट गुमाई १८ ओभरमै हासिल गरेको हो । लक्ष्य पछ्याउदै कोलकाताले पहिलो ओभरमै २० रन बनाएको थियो । तर, दोश्रो ओभरमा सुनिल नरेन २१ र चौथो ओभरमा रोबिन उथप्पा ४ रन बनायर आउट भए । दुवै आउट भएपछि नीतीश राणा पनि २१ रन बनायर पवेलियन फर्किए । त्यसपछि क्रिस लिनले सबैभन्दा बढी ४५ र कप्तान दिनेश कार्तिकले ४१ रन बनाए । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएपनि खेल आफ्नो पक्षमा पार्न सफल भएनन् ।


यस अघि टस हारेर ब्याटिङ गर्न उत्रिएको राजस्थानको टिमले १९ ओभरको खेलमा १४२ बनाएर अलआउट भएको थियो । खेलमा उसका लागि जोस बटलरले सव्र्वाधिक ३९ रन बनाए । 

पछिल्लो खेल जित्दै अंकतालिकामा कोलकाता तेश्रो स्थानमा उक्लिएको छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!