सन्दिपद्वारा मुम्बईका यादव, पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्सबीच खेल हुँदैछ । जारी खेलमा पहिलो ओभरमै सन्दिप लामिछानेले मुम्बईको ३ विकेट लिएका छन् । 

यस अघि दिल्लीले २० ओभरको खेलमा ४ विकेट गुमाई मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो । सन्दिपले मुम्बईका ओपनर शुर्य कुमार यादव, पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट लिएका हुन् | सन्दिपले बलिङ गर्दा १ चौका र १ छक्का हानेका यादवको विकेट लिनु सन्दिपको आइपिएलमा लगातार तेश्रो सफलता हो ।

खेल दिल्लीको फिरोज साह कोटला रंगशालामा हुँदैछ ।आजको खेल जित्नुपर्ने दवाब दिल्लीलाई छैन किनकी दिल्ली यस अघिनै आइपिएल सिजन ११ को अन्तिम ४ मा पुग्ने सम्भावनाबाट बाहिरिईसकेको छ । दिल्लीको लागि आजको खेल अन्तिम हो । दिल्ली आजको खेल आफ्नो प्रतिष्ठाको लागि खेल्दैछ । तर मुम्बईको लागि आजको खेल जित्नु निकै आवश्यक छ । अन्तिम ४ मा पुग्नको लागि उसले आज दिल्लीलाई जित्नैपर्ने दवाब छ । 

अन्तिम ४ मा पर्न बाट चुकिसकेको दिल्लीलाई आजको खेल जित्नु निकै सम्मानजनक खेल हुनेछ भने मुम्बईलाई आजको खेल गर या मरको खेल हो | आज दिल्लीको घरेलु मैदान भएकाले दिल्लीको समर्थनमा हजारौँ दर्शकको साथ हुनेछ, त्यसोत मुम्बईको लागि पनि महत्वपूर्ण खेल भएकाले दर्शकको उतिक्कै बाक्लो उपस्थिति छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!