कर्णाली प्रिमियर लिग: चार टिम सेमिफाइनल प्रवेश

Posted on: 24 May, 2018

जेठ १०, सुर्खेत | कर्णाली प्रिमियर लिग अन्तर्गत आठौँ दिन सम्पन्न २ वटा खेलहरुमा त्रिभुवन आर्मी क्लब र एबिसी स्पोर्ट्स क्लब बिजयी भएका छन् । यो संगै प्रतियोगिताको लिग चरणका खेलहरु सकिएका छन् । समुह ‘ए’ को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य–पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार खेलिने पहिलो सेमीफाइनलमा रुपन्देही ११ र मध्य–पश्चिम क्रिकेट क्लव तथा दोस्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले ढिला सुरु भएका कारण निर्धारित १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनायो । उसको लागि तिलक थापाले सर्वाधिक २० रन, सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिए । बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट लिए । ६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाए । भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए ।


बिहिबार नै भएको दोस्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित ग¥यो । टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो । खेलमा दिनेश पुनले सर्वाधिक ६९ रन बनाउने क्रममा ४५ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए । काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बालार प्रितम थापा र भोज राज भट्टले समान २/२ विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनायो । खेलमा बिश्वाश श्रेष्ठले सर्वाधिक ४३ रन बनाउन २८ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए । एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिश  बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान एक/एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच दिनेश पुन घोषित भए ।  जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार र उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!