स्वीट्जरल्याण्डको नेइमार केन्द्रित खेल, ब्राजिललाई १–१ गोलको बराबरीमै रोक्यो

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ | विश्वकप २०१८ अन्तर्गत रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को दोश्रो खेलमा स्वीट्जरल्याण्ड र ब्राजिलले १–१ अंक बाँडेका छन् । खेलमा सुरुवाती गोल गरेको ब्राजिललाई पहिलो दोश्रो हाफमा गोल गर्दै स्वीट्जरल्याण्डले १-१ अन्तरमै रोक्न सफल भएको हो । 


निकै बलियो मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ गोलमै रोकेपछि खेल समर्थकहरुले अर्जेन्टिनाकै लयमा ब्राजिल पुगेको टिप्पणी गरेका छन् । त्यसो त खेलमा स्विजरल्याण्डका खेलाडीहरुले ३ एल्लो कार्ड पाए । मैदानमा ब्राजिलका स्टार खेलाडी नेइमार धेरै पटक मैदानमा गिरे । जसलाई नेइमार केन्द्रित स्वीट्जरल्याण्डको रणनीति मान्न सकिन्छ । त्यसका बाबजुत पहिलो हाफमा ब्राजिलका लागि फिलिपे कौन्टिन्होले २० औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । 



खेलको दोश्रो हाफ सुरु भएको ५ मिनेटमै ब्राजिलको अग्रता टुटाउदै स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले गोल गरे । ब्राजिलले निकै राम्रो पर्दर्शन गरेपनि गोलको लागि भएका प्रयासहरु सफल हुन सकेनन् । खेलको इन्जुरीसमयमा ब्राजिलले धेरै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!