विश्वकपमा दोश्रो रेकर्ड: रुसद्वारा दुई खेलमा ८ गोल, विश्वकपमा इजिप्टको पहिलो गोल

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौँ | विश्वकपको समुह 'ए' मा रहेको रूसले इजिप्टलाई ३-१ अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । विश्वकपमा रूसको समुहले १९७० (तत्कालीन सोभियत संघ) पछी पहिलो पटक लगातार दुई खेल जितेको छ । 

त्यसो त, इजिप्टका मोहम्मद सालाहले खेलको ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इजिप्टको तर्फबाट विश्वकपमा पहिलो गोल गरेको छ । २८ बर्षीय र तीन खेलपछी इजिप्टले विश्वकपमा यो पहिलो गोल गरेको हो । यस अघि १९९० मा नेदरल्याण्डबिरुद्ध १ गोल गरेको थियो । 

इजिप्टले समूह चरणको पहिले खेल उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ।


त्यस्तै खेलमा, रूसका लागि डिज्यूबा र चेरीशेवले १/१ गोल गरे भने १ गोल आत्मघाती भयो । इजिप्टका कप्तान अहमद फतेहले खेलमा आत्मघाती गोल गरेपछि रुसले खेलमा खाता खोलेको थियो । रूसको लागि जोबनिनले ४७ औं मिनेटमा गोलपोष्ट तर्फ शट प्रहार गरेका थिए, जसलाई बचाउने प्रयास गरेका फतेहीले आफ्नै गोलपोस्टमा बल हाने ।

त्यसपछि रूसका चेरीशेवले ५८ औं मिनेटमा दोश्रो र डिज्यूबाले ६१ औं मिनेटमा तेश्रो गोल गरे । विश्वकपको शुरुआती दुई खेलमा रूसले ८ गोल गरेको छ । रुसको यो पटकको खेल विश्वकपमा दोश्रो रेकर्डको रुपमा रह्यो । यस अघि १९३४ मा इटालीले पनि दुई खेलमा ८ गोल गरेर पहिलो रेकर्ड राखेको थियो । 


जारी विश्वकप आयोजक राष्ट्र समेत रहेको रुसले यस अघिको खेलमा साउदी अरेवियालाई ५ गोलले पराजित गरेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!