रोनाल्डोको चौथो मिनेटको गोलको मद्धतले पोर्चुगलद्वारा मोरक्को पराजित

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौँ | रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘बि’ को खेलमा मोरक्कोलाई पोर्चुगलले ०-१ गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलका लागि रोनाल्डोले खेलको ४ मिनेटमा गरेको गोलले नै बिजयी गोल बन्न पुगेको छ ।

रोनाल्डोले कर्नरबाट आएको बललाई हेड गर्दै मोरक्कोको जाली चुमाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको पोर्चुगललाई निकै दवाबमा राखेको मोरक्कोले धेरै अवसरहरु गुमाउन पुगेको थियो । 


खेलमा सुरुमै गोल गरेको पोर्चुगल बिरुद्ध मोरक्कोले निकै संघर्षपूर्ण खेल खेल्यो । मोरक्कोले गोल गर्ने धेरै अवसरहरु सृजना गरेर पनि सदुपयोग गर्न भने सकेन । आजको खेलमा बिजयी बन्दै पोर्चुगलले नकआउट चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ । अब पोर्चुगलको हातमा महत्वपूर्ण ४ अंक भएको छ । उसले यस अघिको खेलमा बराबरीमा १ अंक मात्र बटुलेको थियो । खेलमा पोर्चुगलसँग पराजित भएको मोरक्को भने समूह चरणबाटै बाहिरिने पक्का जस्तै भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!