आज विश्वकपमा हुँदैछन् ३ खेल, कति बजे कुन-कुन देश भिड्दैछन् ?

Posted on: 21 Jun, 2018

असार ६, काठमाडौँ | विश्वकपमा महत्वपूर्ण रुपमा हेरिएको फ्रान्स सहित ६ देशबीच आज महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल डेनमार्क र अस्ट्रेलियाको हुँदैछ | अस्ट्रेलिया यस अघि फ्रान्ससँग २-१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो | आज डेनमार्क र अस्ट्रेलियाको खेल नेपाली समय अनुसार आज साँझ ५:४५ बजे हुँदैछ |


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे फ्रान्स र पेरु बीच हुँदैछ | यस अघि फ्रान्सले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो | त्यस्तै पेरुले यस अघि डेनमार्कसँग ०-१ गोलले पराजित भएको थियो | 


त्यस्तै आजको अन्तिम खेल अर्जेन्टिना र क्रोएसियाबीच हुँदैछ | महत्वपूर्ण टिम अर्जेन्टिना यस अघि १-१ गोलमा रोकिएपछि १ अंक सहित छ | क्रोएसियाले यस अघि नाइजेरियालाई २-० ले पराजित गरेको थियो | खेल राति ११:४५ बजे हुँदैछ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!