मेस्सिको टिम विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना अझै छ ?

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौँ | क्रोएसियाले ३-० गोल अन्तरले पराजित गरिदिएपछी अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । 'समूह डी'मा पहिलो खेलमा आइसल्याण्डसँग १-१ गोलमा बराबरी खेलेको अर्जेन्टिना बिहिबार रातिको खेलमा क्रोएसियासँग हारेपछि उसको समूह चरणबाटै बाहिरिने सम्भावाना बनेको हो ।

पहिलो हाफमा बिना कुनै गोल भएको पर्दर्शन खेलको दोश्रो हाफमा आएर एकाएक बदलियो । अर्जेन्टिनाले पहिलो गोल गोलकिपरको कमजोरीका कारण खान पुग्यो भने त्यसपछि सम्हालिएर खेल्न नसक्दा थप २ गोल खान पुग्यो ।


खेलमा क्रोएसियाका लागि एन्टे रेविकले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८०औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई दुई गोलको अग्रतामा पुर्याए । क्रोएसिया त्यतिकै रोकिएन खेलको इन्जुरी समयमा इभान रकिटिकले गोल गर्दै क्रोएसियालाई ३–० गोलको ऐतिहासिक जित दिलाउन सफल भए ।

खेल जित्दै क्रोएसियाले ६ अंक बटुल्न सफल भएको छ । समूह 'डी' अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ । त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ । आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ । 

Photo: Fifa 

यस बिषयमा तपाइको प्रतिक्रिया...!