ब्राजिल सहित आज विश्वकपमा ६ देशबीचको खेल हुँदै, कुन देशको खेल कति बजे ?

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज शुक्रबार महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल ब्राजिल र कोस्टारिका बीच सेन्ट पेटर्सबर्ग स्टेडियममा हुँदैछ | उक्त खेल आज साँझ ५:४५ बजे हुँदैछ | यस अघिको खेलमा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको थियो | 


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे नाईजेरिया र आइसल्याण्डबीच हुँदैछ | ग्रुप डी अन्तर्गत हुने यो खेललाई अर्जेन्टिनाको भाग्यको रुपमा हेरिएको छ | खेलमा आइसल्याण्ड बराबरीमा रोकिए वा नाइजेरिया बिजयी भए अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा जाने बाटो सम्भावनानै रहनेछ | यस अघि अर्जेन्टिना र आइसल्याण्डबीच बराबरीको खेल भएर समान १-१ अंक बाडेका थिए | बिहिबार अर्जेन्टिनालाई क्रोयसियाले ३-० ले पराजित गरेपछि अर्जेन्टिना कम्जोर स्थितिमा देखिएको छ |


त्यस्तै आजको अन्तिम खेल सेर्विया र स्विजरल्याण्डबीच हुँदै छ | समुह ईमा रहेको सर्वियाले यस अघिको खेलमा कोस्टारिकालाई ०-१ गोल अन्तरले पराजित गरेको थियो भने ब्राजिललाई स्विजरल्याण्डले बलियो टिम ब्राजिललाई १-१ गोलमे रोकेर अंक बाडेको थियो | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!