ब्राजिलद्वारा कोस्टारिका २ गोलले पराजित

Posted on: 22 Jun, 2018

असार ८ काठमाडौं । ब्राजिलले कोस्टारिकालाई २ गोलले पराजित गरेको छ । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ । ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो । एकपछि अर्को प्रहार गरेको ब्राजिलले राम्रो अवसर पाएपनि थप गोल गर्न सकेन । कोष्टारिकाका गोलकिपर केयलोर नभासले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको मध्य समयतिर नेयमारले वान भर्सेस वानमा गोल गर्ने अवसर पाएका थिए । तर, उनी चुके ।

ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए । तर, उनको फ्रि किक सशक्त हुन सकेन । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेल खेलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!