अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड मध्ये २ टिम समुह चरणबाटै बाहिरिने निश्चित

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौँ | रुसमा जारि विश्वकपमा समूह 'डी'को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह 'डी' बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम क्रोयसिया बनेको छ । 

शुक्रबार नाइजेरियाले आइसल्याण्डलाई २-० ले पराजित गरेपछि स्वत: क्रोएसियाले दुई खेलबाट ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । अब समूह 'डी' बाट नाइजेरिया (३ अंक), अर्जेन्टिना (१ अंक) र आइसल्याण्ड (१ अंक) सहित क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । क्रोएसियाले नकआउटमा आफ्नो स्थान पक्का गरेकाले अब यी तीन मध्ये १ टिम मात्र नकआउट चरणमा प्रवेश गर्नेछन् । अब तीनै टिमले १/१ खेल खेल्न बाँकी छँदा खेल निकै रोचक मोडमा पुगेको हो । 

विश्वकपमा समुह चरणको १/१ खेल हुन बाँकी छ, अबको खेल क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ । आगामी खेलमा नाइजेरियाले अर्जेन्टिनालाई जित्न सके वा बराबरीमै रोक्न सके पनि नाइजेरिया ६ वा ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ भने अर्जेन्टिनाले जिते ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ । 

उता अर्जेन्टिनालाई बराबरीमा रोक्न सकेको आइसल्याण्डलाई समेत २ गोलले पराजित गरेको नाइजेरियाले आफू कम्जोर नभएको प्रमाणित गर्दै अर्जेन्टिनासँगको खेललाई समेत चुनौती थपिदिएको छ । 

उता आइसल्याण्डलाई ठूलो चुनौतिको पहाड क्रोएसिया बनेको छ । लगातार २ खेल जितेको क्रोएसियालाई पराजित गर्नु आइसल्याण्डलाई चुनौतीपूर्ण छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!