खेलको अन्तिम मिनेटमा जर्मनीको रणनितिक गोल, स्विडेन २-१ ले पराजित

Posted on: 24 Jun, 2018

असार १०, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो खेलमा जर्मन मेक्सिकोसँग पराजित भयो | जुन खेलको पराजयले शुन्य अंकमा रहेको जर्मनको शनिबार राति भएको खेलमा पनि जर्मनीलाई फलामको चिउरा चपाएजस्तै बनिदियो | तर शनिबार भने जर्मनीले स्वीडेनलाई २–१ गोलले पराजित गरेको छ ।

खेलमा स्विडेनले पहिलो हाफमै खाता खोलेपछी जर्मन समर्थकहरु एकाएक हतास भएका थिए | खेलको ३२औं मिनेटमा ओला टाइभोनेनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । तर खेलमा दोश्रो हाफ पछि ४८ औं मिनेटमा जर्मनीले बराबरी गर्यो | जर्मनीका लागि रेयुसले गोल गर्दै स्वीडेनविरुद्ध १–१ गोलको बराबरीमा पुर्याएका थिए । त्यसपछि पटक पटक जर्मनीले अवसर पाए पनि स्विडेनले बचाउ गर्दै जर्मनीलाई बराबरीमा रोकेर आफुलाई समूह चरणमा बलियो कायम राख्ने रणनीतिमा प्रदर्शन गर्यो | 

खेलको दोश्रो हाफको ४५ मिनेट सकिएर इन्जुरी समय पनि झन्डै सकिनै लाग्दा अन्तिम मिनेटमा जर्मनले फ्री किक प्राप्त गर्यो, जुन जर्मनीको लागि अन्तिम अवसर थियो | जसमा जर्मनले निकै रणनीतिक र रोचक फ्रिकिक प्रदर्शन गर्यो | फ्रीकिक गरेका जर्मनी खेलाडी टोनी क्रुसले संगै रहेका साथीलाई हल्का पास दिएर पुन: आफैले पास लिई सिधै स्विडेनको गोल पोष्टमा सिधा प्रहार गरे | जुन बल सिधै गोलपोष्टमा छिर्न पुग्यो र स्विडेनको बराबरीमा रोक्ने रणनीतिलाई जर्मनको रणनीतिलाई तोड्न सफल भयो | 


शनिबार रातिको खेल जित्दै जर्मनले समुह चरणबाटै आफुलाई बाहिरिनबाट जोगाएको छ भने नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ | आजको खेल बराबरीमा रोकिएको भए जर्मनको विश्वकप यात्रा निकै कठीन बन्न सक्थ्यो तर जर्मनी खेलमा बिजयी बन्दै ३ अंक बटुलेको छ | जर्मनीले समूह चरणको आफ्नो तेश्रो खेल अब कोरिया रिपब्लिकसँग खेल्नेछ | विश्वकप २०१८ का २ खेल खेलिसकेको कोरियाले दुवै खेलमा पराजय भोगेको छ | उता समान ३ अंक पाएको स्विडेनले बलियो टिम मेक्सिकोसँग खेल्न बाँकी छ |   

यस बिषयमा तपाइको प्रतिक्रिया...!