बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश, उमटिटी बने हिरो

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई 1-0 गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाइनलको यात्रा तय गरेको छ । 

खेलमा दुवै टिम पहिलो हाफमा कुनै गोल गर्न सकेनन् । तर दोश्रो हाफको ६ मिनेट पछी अर्थात खेलको ५१ औं मिनेटमा फ्रान्सका लागि सामुएल उमटिटीले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । उमटिटीको सोहि गोललेनै फ्रान्स फाइनलमा प्रवेश गर्न सफल भयो ।


यस अघि खेलमा पहिलो हाफको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक प्रहार गरेको बेल्जियमले खेलको २२ औं मिनेटमा अर्को प्रहार गर्यो तर त्यस प्रयास पनि विफल बन्यो । त्यस्तै खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । त्यस्तै खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 

दोश्रो हाफमा फ्रान्सले आफ्नो डिफेन्सलाइनमा निकै सुधार गर्दै बेल्जियमलाई थप दवाब दिन सफत भयो । धेरै गोल गर्ने प्रयास दुवै तर्फबाट भए पनि खेलमा फ्रान्सका उमटिटीको बाहेक कुनै गोल हुन सकेन । निर्धारित ९० मिनेटको समय र थपिएको ६ मिनेटको समयमा समेत बेल्जियमले फ्रान्सबिरुद्ध गोल गर्न नसकेपछि खेल १-० अन्तरमै रोकिन पुग्यो र फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको अतिरिक्त तेश्रो मिनेटमा फ्रान्सले प्रहार गरेको बल बेल्जियमका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । 



अब फ्रान्सले फाइनलमा आज राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोयसिया बीचको बिजेतासँग फाइनल खेल खेल्नेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!