फिफाको उत्कृष्ट खेलाडी अवार्ड लुका मोडरिकलाई

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक भने क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् । 

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।


मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।

त्यस्तै ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!