विराटनगरमाथि चितवन ४ विकेटले विजयी

Posted on: 03 Nov, 2018

कात्तिक १७, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोडे । खेलमा १२ बल बाँकी हुँदा चितवनलाई २६ रन चाहिएको थियो । १९ औं ओभरमा चितवनका सनी पटेलले २ छक्का प्रहार गरे भने सोनु तामाङले चौका प्रहार गरेपछि चितवन जीततर्फ अघि बढेको थियो । १९ औं ओभरमा चितवनले १८ रन जोडेको थियो ।

२० औं ओभरमा सनी पटेलले २ छक्का प्रहार गरेपछि चितवनको जित सुनिश्चित भएको हो । सनी पटेलले २४ बलको मद्दतमा ५१ रन जोडेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

चितवनका आरिफ सेखले ३५, समित पटेलले २१, अनिल साहले १३ रन जोडे । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले ४, सुनील धमला र साहब आलमले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन ४७ रन जोडे । प्रदीप ऐरि र पुष्प थापाले ११/११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका एसके पटेल र पारस खड्काले विराटनगरको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!