ए डिभिजन लिग: आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा टङ्क बस्नेत नायक बने । उनले खेलको ६७औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए । 

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!