काठमाण्डौमा ओप्स खेलकूद महोत्सव शुरु,१६ विद्यालयको सहभागिता

Posted on: 22 Jan, 2019

माघ ८, काठमाण्डौ | अर्गनाइजेसन अफ प्राइभेट स्कूल (ओप्स) को आयोजनामा बृहत् खेलकूद महोत्सव आजदेखि शुरु भएको छ । 

महोत्सवअन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कूलले एथलेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेव स्कूलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

महोत्सवअन्तर्गत छात्र फुटबल आजदेखि शुरु भएको छ । सिर्जना ज्ञानसागर स्कूलको संयोजनमा हुने प्रतियोगितामा ओप्सअन्तर्गतका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । 

एथलेटिक्स तथा फुटबल प्रतियोगिता तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित मैदानमा हुनेछ । एथलेटिक्सको प्रतिस्पर्धा माघ ११ गते हुनेछ । पुरुष फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनास्लु, मस्र्याङ्दी, पुष्पकुञ्ज र न्युटन, समूह ‘बी’मा एन्जेल हर्ट, विभूति, प्रगति र ज्ञानमन्दिर रहेका छन् । 

यसैगरी समूह ‘सी’मा हिमरश्मी, सिएचए, सेब र मञ्जरी तथा समूह ‘डी’मा कौशल, सृजना ज्ञानसागर, फेरील्यान्ड र लालीगुराँस रहेका छन् । प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!