नेपालद्वारा भारत पराजित

Posted on: 11 Feb, 2019

माघ २८, काठमाडौँ (रासस) | भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । 

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । 

नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!