IPL मा पहिलो पटक फाइनल खेल्ने दिल्लीको सपना अधुरै, फाइनलमा चेन्नई vs मुम्बई भिड्ने

Posted on: 10 May, 2019

वैशाख २७, काठमाडौँ | आइपीएल सिजन १२ को आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बीच भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको छ | यससँगै चेन्नईले आइपीएलमा आठौँ पटक आईपीएलको फाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ | अब आइतबार चेन्नईसँग मुम्बई आमने सामने हुनेछन् | आईपीएल सिजन १२ को दोश्रो क्वालिफायर खेलमा धोनीको टिमले पहिलो पटक IPL फाइनल खेल्ने दिल्लीको सपना अधुरो बनाईदिएको छ | 


विशाखापत्टनममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सको टीमले २० ओभरको खेलमा ९ विकेट गुमाई १४७ रन बनाएको थियो र चेन्नई सुपर किंग्सलाई जीतको लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा चेन्नई सुपर किंग्सले १९ ओभरको खेलमै ४ विकेट गुमाएर १५१ रन बनाएर उक्त लक्ष्य भेट्न सफल भयो र फाइनलमा आफ्नो यात्रा तय गर्यो | 


खेलमा दिल्लीको लागि पृथ्वी सावले ६ बलमा ५ रन, शिखर धावनले १४ बलमा १८ रन, कोलिन मुनरोले २४ बलमा २७ रन, श्रेयस ऐयरले १८ बलमा १३ रन, रिशव पन्तले सर्वाधिक ३८ रन, अक्षेर पटेलले ६ बलमा ३ रन, शेरफान रुदरफर्डले १२ बलमा १० रन, किमो पलले ७ बलमा ३ रन, ट्रेन्ट बोल्टले ३ बलमा ६ रन र नटआउट रही अमित मिश्र र इशान्त शर्माले क्रमश ६ र १० रन जोडेर १४७ रन बनाएका थिए | 


दिल्लीलाई १४७ रनमा समेट्ने क्रममा चेन्नईको लागि दीपक चाहर, शार्दुल ठाकुर, रविन्द्र जाडेजा र द्वाने ब्राभोले २/२ विकेट लिए | त्यस्तै इमरान ताहिरले १ विकेट लिन सफल भए  | 


खेलमा चेन्नईको लागि ओपनर द्वय फाफ दुप्लेसी र सेन वाटसनले ५०/५० रनको समान स्कोर खडा गरे | सुरुवातमा निकै राम्रो बलिङ गरेपनि दिल्लीले डुप्लेसी र वाटसनको फराकिलो साझेदारी तोड्न सकेन | खेलमा फाफ दुप्लेसीले  ३९ बलमा ५० रन र सेन वाटसनले ३२ बलमा ५० रन प्राप्त गरेका थिए  |  त्यस्तै सुरेस रैनाले १३ बलमा ११ रन, एमएस धोनीले ९ बलमा ९ रन र नट आउट रही अम्बाती रायडुले २० बलमा २० रन् जोडे | 

चेन्नईको ४ विकेट दिल्लीका ट्रेन्ट बोल्ट , इशान्त शर्मा, अक्षेर पटेल र अमित मिश्रले १/१ विकेटको रुपमा लिएका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!