सिनामंगलमा जुवातासको अखडा: छापा मार्दा एक महिला सहित ९ पक्राउ (भिडियो सहित)

Posted on: 11 May, 2019

वैशाख २८, काठमाडौँ | काठमाडौँको सिनामंगलमा सनिबार नयाँ बानेश्वर प्रहरीले एक फर्निचरमा जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ | झन्डै एक बर्षदेखि संचालित भनिएको उक्त जुवातास अखडामा प्रहरीले छापा हान्दा १ लाख भन्दा बढी नगद समेत बरामद गरिएको छ | 

स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा साझा सबाल मिडिया, भ्रष्टाचार विरुद्ध अभियान्ताहरु सहित नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्ले नेतृत्वको प्रहरी टोलीले सिनामंगलको एवान क्याफे नजिकै रहेको उक्त जुवाखालमा एक महिला सहित ९ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो | जुवातास खेलाउने ठाउँमा बाहिर फर्निचर राखिएपनि दैनिक त्यसको भीत्र जुवातास र लुडो खेलाउने गरिएको पाइएको छ | उक्त जुवा खालबाट प्रहरीले एक जना महिला सहित ९ जनालाई पक्राउ गरेको छ | 


उक्त जुवाको खालबाट जुवातास खेल्दै गरेका सिनामंगल बसेर तास खेल्ने तथा खेलाउन सक्रिय महिला पुनम ओझा, सिनामंगलकै ३९ बर्षिय उपेन्द्र चौधरी, इलाम घर भएका लोर बहादुर प्रधान, काभ्रेका ५१ बर्षीय हरी श्रेष्ठ, काडाघारी बस्ने बर्ष ५७ का शिव थापा, मकवानपुरका २४ बर्षीय शुशील गिरि, धादिङका ५२ बर्षीय शुर्य तामाङ, काभ्रेका ३२ बर्षीय रेशम शाह र नुवाकोटका ३५ बर्षीय नेत्र थापा मगर पक्राउ परेका छन् | प्रहरीले उनिहरूको जुवा तासको खालबाट १ लाख १ हजार ३५० नगद, केहि बुक तास र जुवा खालमा प्रयोग भएको च्याद्दर बरामद गरेको छ | नयाँ बानेश्वर टोलीले छापा मार्दा पक्राउ परेका ९ जनालाई गौशाला प्रहरीको जिम्मा लगाईएको छ |

प्रहरी सहितको टोलीले गरेको स्टिङ अप्रेशनको भिडियो तल हेर्न सक्नुहुन्छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!