IPL सिजन १२ को उपाधि मुम्बईलाई, चेन्नई १ रनले हार्यो

Posted on: 13 May, 2019

वैशाख ३०, काठमाडौँ | इन्डिन प्रिमियर लिग (आईपीएल) सिजन १२ को फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको छ । खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरको खेलमा ७ विकेट गुमाई १४८ रन मात्र बनाउन सक्दा मुम्बईले यो पटकको आईपीएल उपाधि जित्न सफल भएको हो ।  


राजस्थानको राजिब गान्धी क्रिकेट स्टेडियममा सम्पन्न भएको खेलमा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गरेको थियो । 

मुम्बईका लागि नटआउट रही पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै कुइटोन डी कोस्टले २९ रन जोड्दा इसन किशनले २३ तथा कप्तान रोहित शर्मा र सूर्य कुमार यादवले समान १५-१५ रन जोड्न सफल भए । खेलमा हार्दिक पाण्डेले १६ रन लिए भने कुर्नाल पाण्डेले ७ रन लिए । 


बलिङतर्फ चेन्‍नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान दुई-दुई विकेट लिए । 

यसरी मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईको लागि ओपनर फाफ दुप्लेसी १३ बलमा २६ रन बनाएर आउट भए । त्यसपछि सुरेश रैना आउट भए । उनले १४ बलमा मात्र ८ रन बनाउन सके । त्यस्तै अम्बाती रायुडुले ४ बलमा १ रन मात्र बनाए । त्यसपछि आएका महेन्द्र सिंह धोनी ८ बल खेलेर २ रन मात्र बनाउँदा रन आउट हुन पुगे । त्यसपछि ड्वेन ब्राभोले १५ बलमा १५ रन बनाएर आउट भए । खेलमा ओपनर ब्याट्सम्यानका रुपमा टिकेर खेलेका सेन वाटसन १९.४ ओभरको खेलमा ५९ बलमा ८० रन जोडेर रनआउट हुन पुगे । त्यसपछि आएका सार्दुल ठाकुरले २ रन मात्र बनाए ।  खेलको अन्तिम बलमा जितका लागि चेन्नईलाई २ रन मात्र आवश्यक थियो तर लसिथ मलिंगाले अन्तिम बलमा शार्दुल ठाकुरको विकेट लिएर आफ्नो टिमलाई जित दिलाए । उनले जित म्याच मात्र जिताएनन् मुम्बईलाई आईपीएल २०१९ को उपाधि समेत दिलाए । 


बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेटलिए भने कुर्नाल पाण्डे, लसिथ मलिंगा र राहुल चाहरले १/१ विकेट लिन सफल भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!