विश्वकप क्रिकेट: दक्षिण अफ्रीका-वेस्टइन्डीज खेल रद्द

Posted on: 11 Jun, 2019

जेठ २८, एजेन्सी | इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बर्षाको कारण प्रभावित भएको छ । 

विश्वकपको १५ औं खेल दक्षिण अफ्रीका र वेस्टइन्डीजबीच सोमवार साउथम्पटनमा बर्षाको कारण रद्द गरियो । दुवै टिमले एक/एक अंक बाडे । यस वर्ल्डकपमा यो दोश्रो पटक हो जुन बर्षाको कारण खेलनै रद्द हुन पुग्यो । यस अघि ब्रिस्टलमा ७ जूनको दिन पाकिस्तान र श्रीलंका बीच पनि  बर्षाको कारण खेल रद्द भएको थियो । त्यस्तै, श्रीलंका र अफगानिस्तानबीच ४ जूनको दिन कार्डिफमा खेलिएको खेलको नतीजा डकवर्थ लुईस नियम अनुसार निर्धारण गरिएको थियो ।


खेलमा लगातार पराजयको बीच दक्षिण अफ्रिकालाई पानीको कारण १ अंक मिलेको छ । लगातार तीन खेलमा पराजय भोगेको दक्षिण अफ्रिकाले चौथो खेल बर्षाको कारण रोकिएको कारण १/१ अंक बराबर बाड्ने क्रममा खेलनै नखेली १ अंक प्राप्त गरेको हो । दक्षिण अफ्रिकालाई यस अघिका खेलमा इंग्ल्याण्ड, बंगलादेश र भारतले पराजित गरेको थियो । त्यस्तै, वेस्टइन्डीजको टिमले भने यस अघि एक खेल जितिसकेको छ । अब उसको तीन अंक भएको छ । अफ्रीकाको टीम अंक तालिका अनुसार नवौं र वेस्टइन्डीजको टीम पाँचौं स्थानमा छ ।

हेर्नुहोस् अंकतालिका: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!