अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं | इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेशले फाइनलको यात्रा तयगरेको छ | बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले पराजित गरेको छ |

बंगलादेशले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ | अफगानिस्तानले दिएको १२९ रनको लक्ष्य उसले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर बनाएको थियो | बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेलेका थिए | अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनमा अविजित रहे |

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बनायो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!