१३ औं साग फुटबलमा नेपालको विजय सुरुवात

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | नेपालमा जारी तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाले भुटानलाई पराजित गर्दै जित हात पारेको छ | पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता लिएका थिए |

दोश्रो हाफको ५२ मिनेटमा पनि उनले नै अर्खो गोल थपेका थिए | ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपे भने,खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत् अर्को गोल हाने पछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो |

यो सँगै सागको पहिलो खेलमा नेपालले जितको खाता खोल्न सफल भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!