नेयमारद्वारा कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार पाउन्ड सहयोग

Posted on: 04 Apr, 2020

चैत २२, एजेन्सीको सहयोगमा | ब्राजिलियन सुपरस्टार फुटबलर नेयमारले कोरोना भाईरसविरुद्ध लड्न  ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत कोरोनाविरुद्ध लड्न उक्त सहयोग गरेका हुन् । 

उनले सहयोग गरेको रकमले कोरोनाको संक्रमणबाट पिडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पुग्ने भएको छ । कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजीलमा घरमै बसिरहेका छन् । 

कोरोना भाइरसविरुद्ध लड्नका लागि यसअघि विश्व फुटबलका हस्तीहरु लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला, लनटेनिस स्टारहरु नोभाक जोकोभिज, राफेल नाडाल, रोजर फेडेरर लगायत खेलाडीहरुले आ-आफ्नो क्षेत्रमा ठूलो मात्रामा आर्थिक सहयोग गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!