बार्सिलोनाद्वारा गोलको वर्षा

Posted on: 14 Jun, 2020

जेठ ३२, एजेन्सी | कोरोना भाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुचारू भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले बिपक्षी टिम मायोर्कामाथि ४–० गोल अन्तरले सहज जीत निकालेको छ ।

खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आर्टुरो भिडालले गोलको खाता खोल्दै बार्सालाई अग्रता दिलाए । त्यसपछि पुन: खेलको ३७ औँ मिनेटमा मार्टिन ब्राथवेटले बार्साको लागि अर्को गोल गर्दै २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनालाई ३-० को अग्रता दिलाउदै थप बलियो बनाए । त्यस्तै खेलको इन्जुरी समयमा बार्साको लागि लियोनेल मेस्सीले चौथो गोल गर्दै बार्सालाई ४-० को गोल अग्रतामा पुर्याए । 

जीतसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रियल म्याड्रिड छ, उसले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ ।

२८ खेलबाट बार्साको ६१ अंक रहेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!