२ सयपटक प्लास्टिक सर्जरी गराउँदा यस्तो परिणाम !

Posted on: 18 Mar, 2018

चैत ४, एजेन्सी | बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । उनले पहिलोपटक १७ वर्षकी छँदा प्लास्टिक सर्जरी गराएकी थिइन् र अहिलेसम्म जिउका विभिन्न अंगको गरी २ सयपटक प्लास्टिक सर्जरी गराइसकेकी छन् ।

हालै टेलिभिजनमा दिएको एक अन्तरवार्ताका क्रममा उनी पूरै समय उभिइन् । यसरी उभिनु उनको बाध्यता थियो । हालै उनले आफ्नो नितम्ब प्रत्यारोपण गराएकी छन् । जसका कारण उनको नितम्ब ठूलो भएको छ र बस्न पनि मुस्किल पर्दछ ।

आफ्नो प्लास्टिक सर्जरीको लतको मुख्य कारक उनी आफ्ना बाउआमालाई मान्छिन् । बाबुआमाले नै लगातार दबाव दिइरहेकाले आफूले पटक–पटक सर्जरी गराएको उनको भनाइ छ । बाबु–आमाले आफूलाई कुरुप भन्ने गरेको र सुन्दर बन्नका लागि प्लास्टिक सर्जरी गर्न दबाव दिएको उनले बताइन् ।


हालसम्म २ सयपटक प्लास्टिक सर्जरी गर्दा झण्डै २ लाख ३० हजार पाउण्ड खर्च भएको छ । उनले ५ पटक ओठको, ४ पटक नाकको सर्जरी गराएकी छन् । त्यस्तै नाक, बंगरा, वक्षस्थल आदि धेरै अंगको सर्जरी गराएकी छन् । हुँदा–हुँदा उनले ३ पटक आफ्नो योनीको सर्जरी पनि गराइन् ।

हालै उनले ७ घण्टाको शल्यक्रिया गरी आफ्नो नितम्ब प्रत्यारोपण गराइन् । नितम्ब प्रत्यारोपणपछि उनलाई निकै पीडा भइरहेको छ र उक्त पीडा कम गर्न थेरापीको सहयोग लिने गरेकी छन् ।

सानोमा उनको नाम स्टेसी थियो र अहिले उनले नाम बदलेर स्टार बनाएकी छन् । आफूलाई राम्रो बनाउन उनी जेसुकै गर्न तयार छिन् ।


एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!