दिउँसोमा नाइटी पहिरन लगाउने महिलालाई ३२ सय जरिवाना !

Posted on: 14 Nov, 2018

भारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ ।

महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको छ ।

गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बनाएको हो । गाउँमा रहेका १८ सय महिलाले अबदेखि दिउसोमा नाइटी नलगाउन् भन्नका लागि कडाई गरिनेछ । महिलाहरुले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नाइटी लगाउन पाउने छैनन् । यदि त्यस्तो लगाएको देखिएमा २ हजार भारु जरिवाना हुनेछ ।

त्यस्तै नियम उल्लंघन गर्ने महिलाका बारेमा जानकारी दिने व्यक्तिलाई पुरस्कार स्वरुप एक हजार भारु दिइनेछ ।

नियम उल्लंघन गर्ने महिलालाई सामाजिक बहिष्कारको धम्की पनि गाउँ पञ्चायतले दिएको छ । साथै यस बारेमा सरकारी अधिकारीहरुलाई उजुरी नगर्न पनि महिलाहरुलाई धम्क्ी दिइएको छ ।

गाउका सरपञ्च मध्येकी एक फन्तासिया महालक्ष्मीका अनुसार खुल्ला ठाउँमा कपडा धुनु, नाइटी लगाएर तरकारी पसलमा जानु वा बैठकमा जानु सही होइन । कतिपय महिलाहरुले नै यसमा रोक लगाउन माग गर्दै आएका हुनाले त्यस्तो निर्णय गरिएको दाबी उनको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!