नयाँ अनुसन्धानको दावी: मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ !

Posted on: 15 Dec, 2018

मङ्सिर २९, काठमाडौं | मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् ।

अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. साम पार्नियाका अनुसार थुप्रै चिकित्सक र नर्सहरुसँग मृतकका बारेमा अनुसन्धान गरी यस्तो तथ्य पत्ता लागेको हो ।

खोजका अनुसार मान्छेले आफ्नो मुटु चल्न बन्द भइसकेको थाहा पाइसक्दा पनि जानकारी हुन्छ । मुटुको चाल, रक्तसंचार र मस्तिष्क नै बन्द भइसक्दा पनि आफू मरेको जानकारी हुने उनीहरुको दावी छ ।

यसरी पूर्ण रुपमा मृत्यु भइसक्न केही घण्टा नै लाग्ने रिसर्चमा संलग्न चिकित्सकहरुले बताएका छन् । न्युयोर्कस्थित ‘स्टोनी ब्रुक युनिभर्सिटी अफ मेडिसिन’ को रिसर्च टोलीले यस्तो पत्ता लगाएको हो ।

साथै मृत्युको अवस्थाबारे पनि मानव मस्तिष्कलाई जानकारी हुने उनीहरुको भनाइ छ । तर यस्तो मृत्युचेत सबै मृतकमा नहुने बताइएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!