आफ्नै जादु क्यामरामा रेकर्ड गराउन खोज्दा..., रुखमा बाँधिएको अवस्थामा २ बर्षपछी भेटियो कंकाल

Posted on: 18 Apr, 2019

एजेन्सीको सहयोगमा | रुसको मस्को पुलिसले हालै शहरदेखि ८० किमी टाढा एक घना जंगलमा एक रुखमा बाधिएको अवस्था मा एक मानव कंकाल फेला पारेको छ । अनुसन्धान पछी प्रहरीले पत्ता लगाएको छ कि उक्त कंकाल इवान क्लूशारेव भन्ने युवकको हो, जो २ बर्ष अघिसम्म मस्कोमा बस्दै आएका थिए । त्यस पछि यिनको बारेमा कसैले कुनै खबर पाएका थिएनन् । उनलाई वेपत्ता सुचीमा राखिएको थियो ।


रूसी प्रहरीको अनुसार इवान हाइकिङ र सर्वाइवल स्किल्समा अनुभवी थिए । उनि आफ्नो यस्तो काम देखाउन चाहन्थे कि उनको कला देखेर मानिस अचम्म मानोस् । प्रहरीको अनुमान छ कि, त्यसैको कोशिशमा ति युवाले शतूरा नामक सुनसान जंगलमा आफैलाई फलामको चेनमा ताला लगाएर एक रुखमा बाँधे तर पछी आफैलाई बाधिएको चेन खोल्न सकेनन् । घटना घटेको जंगलमा मानिसको कुनै आवतजावत नहुने प्रहरीले जनाएको छ । 


प्रहरीले घटनास्थलसँगै एक टेन्ट र रुख नजिकै जडान गरिएको क्यामरा पनि फेला पारेको छ । प्रहरीको अनुमान छ कि इवान आफैले आफ्नो जादूगरीको क्यामरामा कैद गर्न चाहन्थे । घटनास्थलबाट प्रहरीले पाँच हथकडी, केहि फलामको चेन, ताला र किताब फेला परेको प्रहरीले जनाएको छ । रूसको अनुसन्धान कमिटिले बताए अनुसार  इवान त्यस्तो ग्रुपको एक व्यक्ति थिए जो कठिन परिस्थितिमा पनि आफूलाई बचाउन सक्थे । तर अनुसन्धान बाँकी नै रहेकोले उनको मृत्युको एकिन कारण भने अझै सार्वजनिक भएको छैन । युवकको मृत्युको कारण फरेन्सिक परिक्षण पछी मात्र आउने सम्भावना छ । प्रहरीले इवानको क्यामरा र कम्प्युटरको समेत परिक्षणमा जुटेको छ । 


पहिलो पटक इवानको शव देखेका स्थानीय वासिन्दा एडुअर्ड कारपोवका अनुसार, उनले रुखमा बाधिएको अवस्थामा टोपी भएको टी-शर्टमा इवानको खप्परको भाग देखेका थिए । इवानको बाँकी सरिरको भाग रुखको पत्करले ढाकिएको थियो । अधिकारीहरुको अनुसार, इवानको नाम बेपत्ताको सूचीमा पनि थियो, त्यसै क्रममा उनलाई यस अघि पनि शतूराको जंगलमा खोजि गरिएको थियो तर फेला पार्न सकिएको थिएन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!