१.५ सेन्टिमिटर अग्लो विश्वकप ट्रफी, पाकिस्तानलाई दिन आग्रह

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ | भारतको कर्नाटकका एक सुनार नागराज रेवान्करले विश्वकपको मिनिएचर ट्रफी बनाएका छन् । जसको लम्बाई १.५ सेमी र तौल ०.४९ ग्राम मात्र छ । नागराजले बुधवार उक्त ट्रफीलाई सार्वजनिक गरेका थिए । विश्वकप लन्डनमा जारी छ । भारत सेमीफाइनलमा पुगिसकेको छ । नागराजले भने कि 'मैले यो ट्रफी टीम इन्डियालाई सपोर्ट गर्नको लागि बनाएको हुँ । 

एउटा औलामा राख्न सकिन्छ 

ट्रफी यति सानो छ कि हातको एउटा औंलामा मज्जाले राख्न सकिन्छ । यदी जमीनमा झर्यो भने सिधा आँखाले एकै पटकमा यो ट्रफी खोज्न मुस्किल हुन्छ ।


ट्रफी सार्वजनिक भएपछी यसले सामाजिक संजालमा निकै स्थान पाएको छ । सामाजिक संजालमा यसको निकै तारीफ भईरहेको छ । एक प्रयोगकर्ताले यो ट्रफी देखेपछि प्रतिक्रिया दिएका छन् कि 'यसलाई पाकिस्तान पठाउनुपर्छ ।' उनको प्रतिक्रियालाई पछ्याउदै कयौंले यो ट्रफी पाकिस्तानलाईनै दिनुपर्ने प्रतिक्रिया दिएका छन् । 

अर्का एक जनाले लेखेका छन् कि 'यो ट्रफी अफगानिस्तानलाई दिनुपर्छ ।' अर्को एक जनाले प्रतिक्रिया दिएका छन् कि "निकै राम्रो रचना।" 


यस बिषयमा तपाइको प्रतिक्रिया...!