२४ घण्टे ड्युटिको कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

Posted on: 16 Sep, 2019

भदौ ३०, एजेन्सी | भारतको हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय सिद्दान्थी प्रताप नामका प्रहरी जवान बिहे गर्न चाहन्थे । तर, उनको चौबीसघण्टे ड्यूटीका बारेमा थाहा पाएसँगै कोही पनि केटीका बाबुआमा उनलाई छोरी दिन राजी भएनन् । 

जागिरका कारण केटीले नै नपत्याउने अवस्था आएपछि उनले अन्ततः पुलिसको जागिरबाट हात धुने निर्णय गरे | हैदरावादका पुलिस आयुक्तलाई पत्र लेखी उनले आफूले राजीनामा दिनुपर्नाको कारण उल्लेख गरेका थिए । उनी लेख्छन्, ‘चौबीसै घण्टा जागिर, सप्ताहन्तमा बिदा पनि छैन । इन्जिनियरिङको पढाइ सकेर पुलिसको जवान पदमा भर्ना भएको पाँच वर्षमा पनि बढुवा भएन । जवान पदमा भर्ना हुने मान्छे जवानबाटै अवकाश भएको मैले देखेको छु । त्यसैले म निरास छु र यो जागिर खान चाहन्नँ ।’

स्थानीय मिडियासँग बोल्दै उनले पछिल्लो एक वर्षदेखि बिहे गर्ने प्रयास गरिरहँदा पनि उनको बिहे हुन नसकेको बताएका छन् । आफूले बिहेका लागि अहिलेसम्म दुईजना केटीसँग भेटघाट गरेको भए पनि उनीहरुले सिपाहीको चौबीसघण्टे जागिर भन्दै उनीसँग बिहे नगर्ने बताए । त्यसैले पनि आफूले पुलिसको जागिर छाड्ने निर्णय गरेको उनको भनाइ रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!