फेसबुकमा फोटो अपलोड गर्दा सुन्दरी डाक्टरको जागिर चैट

Posted on: 17 Sep, 2019

एजेन्सी | म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको खवरले चर्चा पाईरहेको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा अपलोड गरेकै आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको समाचारहरुमा जनाइएको छ ।

२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकबाट बोल्ड तस्वीरहरु सार्वजनिक गर्दे आएकी थिईन । जसलाई उनले पछिल्लो पटक पनि निरन्तरात दिईन ।अहिले उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गर्दे लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध जनाएकी छन ।


तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको मेडिकल काउन्सिलले ठहर गरेको हो।कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर फेरी फेसबुकमा अपलोड नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिइसकेको छ । तर, उनले भने मानिरहेकि छैनन् । उनको विवादित तस्विरमा १८ हजार लाइक र ५६ सय कमेन्ट आएका छन् ।

उनलाई काउन्सिलले सोधेको छ, ‘तपाई एक पेशेवर चिकित्सक हो । यदी तपाईलाई मोडलिङ अथवा चिकित्सक मध्ये एक रोज्नुपर्छ । तपाई दुवै लिन सक्नुहुन्न किनभने यी दुई एकअर्काका विरोधी हुन् ।’अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनले काउन्सिललाई जवाव दिएको बताइएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!